|  

सुनिता डंगोलले गरिन पोर्चुगल भ्रमण रद्द

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पोर्चुगल भ्रमण रद्द गरेकी छन् ।

यतिबेला नगर सभामा नीति तथा कार्यक्रमको विषयमा विवाद छ । विवादको बीचमा पोर्चुगल उड्दा उपप्रमुखका कारण बैठक बस्न नसकेको भ्रम फैलिने भन्दै उनले १५ असारमा तय भएको भ्रमण रोकेकी हुन् । आज नीति कार्यक्रम छलफल भएर पास हुने आँकलनको साथ डंगोलको भ्रमण तय भएको थियो । तर आज विवादका कारण काठमार्डाैको  नगरसभा नै बस्न सकेन ।