|  

मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल

१४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने बताएका छन् ।

भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उनले भण्डारीले देश र जनताको लागि लिएको नीतिलाई जनजनमा लैजानुपर्ने बताएका हुन । 

एमालेभित्र पलाएको गलत जीवनशैली, आनीबानी, आचरण र  व्यवहारलाई सुधार्दै पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको भन्दै महासचिव पोखरेलले देशलाई समाजवादमा प्रवेश गराइ समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।