|  

प्रचण्ड-ओली वार्तामा मिसिए रवि लामिछाने,सत्ता समीकरणमा हलचल

१६ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीच स‌िंहदरबारमा जारी भेटवार्तामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि प्रचण्ड झस्केका थिए । उनले आजै ‌सिंहदरमा ‌‌‌ओलीसँग वार्ता गर्दै भेटमा रास्वपाका सभापति लामिछानेलाई पनि बाेलाएका हुन् । तीन शीर्ष नेताहरू अहिले छलफलमा छन् । ओली–देउवा छलफलले सत्ता समीकरणमा हलचल मच्चिएको छ ।

ओलीले कांग्रेस सभापति देउवासँग आफ्नै निवासमा शनिबार करिब २ घण्टा कुराकानी गरेका थिए । कांग्रेस र एमाले मिलेर सरकार चलाउनुपर्छ भनेर कांग्रेसका केही नेताहरूले लविङ बढाएका छन् ।