|  

संसदले बनाएको कानुनको आधारमा सरकार चल्नसक्नुपर्छः सभामुख घिमिरे

१६ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताएका छन् ।

संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसदले सरकारलाई राम्रो काम गर्न निर्देशन दिने हुनाले यो कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माणको पनि केन्द्र भएको बताएका हुन् । उनले राष्ट्र निर्माण गर्नको लागि संसदबौ सरकार पनि गाइड र निर्देशित हुने हुनाले संसदले बनाएको कानुनको आधारमा सरकार चल्नुपर्ने बताए । सांसदहरु दलबाटै निर्वाचित भए पनि कानुन निर्माणमा, सरकार निर्माणमा वा संसदले बनाएको कानुनको आधारमा सरकार सञ्चालन गर्ने क्रममा सरकार सचेत हुनुपर्ने उनको भनाइ छ ।

उनले संसदले २०१५ सालको निर्वाचनको परिणामदेखि संसदले खेलेका भूमिकालाई अभिलेख गर्ने, डिजिटलाइज गर्ने कामहरु गरिसकेको बताए । २००७ सालदेखि बनेका कानुनहरु डिजिटलाइज गर्ने, अभिलेख गर्ने र सुरक्षित गर्ने काममा संसद लागिपरेको पनि सभामुख घिमिरेले जानकारी दिएका छन्।