|  

नेकपा एसको महाधिवेशनमा सबै शीर्ष नेताहरु पुगे, ओली भने देखिएनन्

१६ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी को १०औँ राष्ट्रिय महाधिवेशन काठमाडाै‌ंमा सुरु भएकाे छ । आजदेखि पाँच दिनसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसिहत दुई सय ९९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । 

महाधिवेशनकाे उद्घाटन समाराेहमा प्रधानमन्त्री तथा नेकपा मा‌‍ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपाका सभापति रवि लामिछाने लगायत शीर्ष नेता सहभागी छन् । 

कमलादीमा उद्घाटन समारोह df नेकपा एसले एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरेको थियो । अहिले एउटै सत्ता समीकरणमा भए पनि ओलीले कसैलाई पनि कार्यक्रममा नपठाएको बुझिएको छ ।