|  

दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ३ अर्बमा सीमित

१६ असार, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४.८३  अंकले घटेको  छ ।  नेप्से घटेर २०३७.०९ को अंकमा आएको हो ।

आइतबार भएको शेयर कारोबारमा १९० वटा कम्पनीको शेयर मूल्य घट्यो भने जम्मा ४९ वटा कम्पनीको मात्रै शेयर मूल्य बढ्यो । त्यस्तै ७ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

आज नेप्सेमा ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाए भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।