|  

 काठमाडौँ उपत्यकामा भारी वर्षा

१६ असार, काठमाडौं । काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन सक्रिय भएको बताएको छ । 

आगामी ३ दिन नदीहरूमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने जनाइएको छ ।

आज देशका कम्तीमा १९ जिल्लामा बाढीको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई महाशाखाले सुझाव दिएको हो ।