|  

देशको आर्थिक विकासका लागि सबै दल एकठाउँमा आउनुपर्छ : गृहमन्त्री लामिछाने

१६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले देशको आर्थिक विकासका लागि सबै दल एकठाउमा आउनुपर्ने बताएका छन् । 

एकीकृत समाजवादीको १० औं महाधिवेशनमा सम्बोधन गर्दै लामिछानेले देशको आर्थिक विकासका लागि सबै दल एकठाउमा आउनुपर्ने बताएका हुन् । आम जनता र राजनीतिक दलका नेताहरुको प्राथमिकता एकै नभएको बताए । 

उनले देशमा राजनीतिक परिवर्तन भएर, संबिधान बनेर, सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहना अनुसार काम हुन नसकेको बताए । उनले शिर्ष नेताहरुबीच जनताको चाहना अनुसारको काम गर्न एक ठाउमा आउन नसकेको बताए । उनले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउमा आए जस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउमा आउनुपर्ने बताए ।उनले देशको विकास गर्न सबै नेताहरु एक ठाउमा आउन आव्हान समेत गरेका छन् ।