|  

आर्थिक विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित

१६ असोज, काठमाडौं । आर्थिक विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको छ । यो विधेयकमाथि नेपाली कांग्रेसका ४ सांसद र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तावलाई बहुमत सदस्यले अस्वीकार गरेका छन् ।