|  

भुटानी शरणार्थी प्रकरण : बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

१६ असोज, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले आइतबार झालाई  ७ दिन थुनामा राख्न अनुमति दिएका हो ।

शुक्रवार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेस गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । 

प्रहरीको विशेष ब्युरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रवार जिल्ला प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको थियो  ।