|  

संघीय सरकारमा अधिकार दिनु हुँदैन भन्ने मनसाय देखिएको कोशीका मुख्यमन्त्रीको गुनासो

१६ असार, काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकार प्रदेशलाई अधिकार दिन तयार नभएको बताएका छन् ।

आज प्रदेश तहमा निर्मित कानुनको अध्ययन तथा समीक्षा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशलाई अधिकार नदिने मनसाय संघीय सरकारमा देखिएको बताएका हुन् । प्रदेशको एकल अधिकारमा पनि संघीय सरकारले अंकुश लगाएको उनको गुनासो छ । केन्द्रिकृत मानसिकताका कारण प्रदेश सरकारप्रति प्रहार भइरहेको उनको भनाइ छ । संविधान र कानुनले दिएका राजस्व बाँडफाँटजस्तो विषयमा समेत विभिन्न अड्चन झिकेर रोक्ने काम भएको बताउँदै उनले प्रदेशलाई बजेट दिन संघीय सरकारले आनाकानी गरेको गुनासो गरे ।

प्रदेशका कानुनहरु जनतामाझ नपुगेको गुनासोलाई सम्बोधन गर्ने मुख्यमन्त्री कार्कीले बताए ।