|  

रास्वपा मकवानपुरका सचिवसहित ६ जनाले त्यागे पार्टी

१६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी त्यागेको घोषणा गरेका छन् ।

६ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सत्तालिप्सा र भागबन्डामा केन्द्रित भएकाले आफूहरूले साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट अलग भएको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरूमा निर्वाचन क्षेत्र नम्बर १ का उपसभापति जगदीश दाहाल मकवानपुर जिल्ला सचिव भुवन खनाल, हेटौँडा १२ नम्बर कमिटी उपसभापति निर्मला प्रज्ञा बास्तोलासमेत छन् ।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाका रास्वपा कार्यकर्ता श्याम सुन्दर राई, विकास श्रेष्ठ र टंकबहादुर हिम्डुङले पनि पार्टी परित्यागको घोषणा गरेका छन् ।