|  

सरकार र दुग्ध किसानबीच १० बुँदे सहमति, आन्दोलन स्थगित

१६ असार, काठमाडौं । सरकारले माग सम्बोधन गर्ने भएपछि केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संघबीच आइतबार १० बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगन गरिएको हो ।

सहमति अनुसार प्रत्येक दुग्ध उद्योगले दूध उत्पादक किसानसँग दूध खरिद गरेबापत हरेक महिनाको रकम दुई किस्तामा भुक्तानी गर्ने गरिने छ । जसअनुसार महिनाको पहिलो १५ दिनको भुक्तानी सोही महिनाको २५ गतेभित्र र बाँकी १५ दिनको भुक्तानी अर्को महिनाको १० गतेभित्र हुनेछ । यो असारबाट लागु हुनेछ ।

त्यस्तै चैत २०८० सम्मको भुक्तानी हुन बाँकी रकममध्ये दुग्ध उद्योगले यही २७ असार सम्म उपलब्ध गराउने तथा वैशाख र जेठ २०८१ को बक्यौता अगामी भदौभित्र चुक्ता गर्ने सहमति भएको छ ।