|  

रविन्द्र जडेजाले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

१७ असार, काठमाडौं । भारतका अल राउन्डर रविन्द्र जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । जडेजाले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा स्टाटस लेखेर आफूले सन्यास लिएको घोषणा गरेका हुन्।

‘धन्यवादले भरिएको हृदयका साथ, म टी-२० अन्तर्राष्ट्रियलाई बिदा गर्छु,’ जडेजाले लेखेका छन्, ‘देशका लागि आफ्नो तर्फबाट सँधै राम्रो योगदान दिने प्रयास गरेको छु र अन्य फर्म्याटका खेलहरूमा जारी रहनेछ।’

जडेजाले टी-२० अन्तर्राष्ट्रियमा ७४ खेल खेल्दा ५१५ रन बनाएका छन् भने ५४ विकेट लिएका छन्।