|  

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते 

१७ असार, काठमाडौं । सल्यानको एक बोर्डिङ स्कुलमा शिक्षकले विद्यार्थीलाई घाइते हुनेगरी कुटपटि गरेको घटना बाहिरिएको छ ।

आइतबार त्रिवेणी गाउँपालिका-६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटेका हुन् । कक्षा चलेका बेला खेलेको भन्दै शिक्षक चन्द्रबहादुर डाँगीले अरूणलाई फलामको स्केलले हानेका हुन्।

फलामको स्केल प्रहारबाट उनको टाउकोमा चोट लागेको छ। घाइते अरुणलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिएको थियो। मेडिकलमा टाँका लगाउने सामान नभएपछि जिल्ला अस्पताल लगिएको बताइएको छ ।