|  

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

१७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री लाई भेट्नओली आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उनीहरुबीच समसामयिक विषयमा छलफल भएको स्रोतले जनाएको छ । 

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच हिजो पनि सिंहदरबारमा झण्डै २ घण्टा छलफल भएको थियो ।