|  

पहिरोले घर पुरिँदा पाँच वर्षीय बालकको मृ#त्यु

१७ असार, काठमाडौं ।  सुर्खेतको भेरी नगरपालिका-४ इवरमा पहिरोले घर पुरिँदा १ बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रमेश बिकका पाँच वर्षीय छोरा प्रिन्स विक रहेक छन् ।घटनामा बुबा रमेश घाइते भएका छन् ।

बिकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए ।प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।