|  

चौर र कक्षा कोठामानै पानी जमेपछि पठन पाठनमा समस्या

१७ असार, काठमाडौं । रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित जनता प्राथमिक आधारभूत विद्यालयको चौर र कक्षा कोठामा नै पानी जमेपछि पठन पाठनमा समस्या भएको छ ।

आइतबार साँझको वर्षाको पानी विद्यालय परिसरमा जमेको कारण विद्यार्थीहरूलाई असहज भएको हो । वर्षाको पानी जमेका कारण सो विद्यालयका विद्यार्थीहरू पानीमा डुबेर प्राथनाले र कक्षा कोठामा समेत पानी भएकाले पानीमा नै अध्ययन गरिरहेको छन् ।