|  

बलिउड अभिनेता रितेश र अभिनेत्री जेनेलियाको विवाह भएको ९ वर्ष पुरा

११ फागुन, काठमाडौं । बलिउड अभिनेता रितेश देशमुख र अभिनेत्री जेनेलिया डिसुजाको विवाह भएको ९ वर्ष पुरा भएको छ । उनीहरुले आफ्नो फ्यानहरुको लागि वैवाहि जीवन खुसी राख्ने केही रहस्य सेयर गरेका छन् ।

आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै रितेशले एक अन्तर्वातामा भने– ‘हाम्रो वैवाहिक जीवन आपसी सम्मानबाट नै यहाँसम्म पुगेको हो । हामी दुबैको विचार एक अर्कामा असहमत हुन सक्छ तर हामी कहिले नि एक अर्काको सम्मनको सीमा नाघ्दैनौँ ।’

रितेशको भनाई अनुसार सम्मानलाई सजिलो तरिकाले भंग गर्न सकिन्छ तर तपाईले आफ्नो सीमा नाघ्न हुँदैन । वैवाहि जीवनमा आउने हरेक समस्याको समाधान गर्ने भनेको आपसी सम्झदारीले हो । वैवाहिक जीवनलाइै खुशी र रोमान्टिक बनाउन श्रीमान–श्रीमतीको बीचमा सधैँ सम्मान हुनुपर्छ । एकले अर्कोको कमजोरीको फाइदा उठाउनु भन्दा सदुपयोग गरेर रमाउनु पर्छ ।

रितेश र जेलियाको बीचमा ९ वर्षदेखि प्रेम थियो । उनीहरुले आफ्नो प्रेमको बारेमा कसैलाई पनि थाहा हुन दिएका थिएनन । उनीहरुले सन् २०१२ मा विवाह गरेका हुन् । उनीहरुको विवाह हिन्दु र क्रिश्चियन दुबै तरिकाले भएको थियो ।