|  

ओली र देउवाको भेटले देशमा आशाको सञ्चार गरेको काँग्रेसको दाबी

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले संसदका दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका छन् ।

आज प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले चारैतिर निराशा फैलिरहेको बेला कांग्रेस र नेकपा एमालेका शीर्ष नेताको भेटले देशमा आशाको सञ्चार गरेको बताएका हुन् । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलबीच संवाद र सहकार्य आवश्यक रहेको उनले बताए । लोकतन्त्रका लागि लडेका दुई ठूला दलबीचको संवादबाट कोही पनि चिन्तित हुन आवश्यक नरहेको उनको भनाई छ ।