|  

पतञ्जलीको जग्गा किनबेचमा सीआईबीको राेक

१७ असार, काठमाडौं । काभ्रेमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा किनबेचमा रोक लगाउन मालपोत कार्यालयलाई पत्राचार गरिएको छ ।

हदबन्दी छुट पाएको जग्गा बिक्री गरेर अनियमितता गर्न खोजेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला मालपोत कार्यालय काभ्रेलाई पत्राचार गरेको हो । सिआइबीले पतञ्जलीको जग्गाका विषयमा अलिहे अनुसन्धान गरिरहेको छ ।