|  

पूर्ण समानुपातिक निर्वाचन प्रणाली भ्रष्टाचार अन्त्यको औषधि होः सांसद राई

१७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले भ्रष्टाचार अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिएकी छन् ।

समानुपातिक निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्नुपर्ने आवाज कतिपयले उठाइरहेका बेला माओवादी सांसद राईले 
आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै यस्ताे जाेड दिएकी हुन् । उनले भनेकी छन्,‘पहिलो हुने निर्वाचन प्रणालीमा एक मत बढी भए पनि जीत र हार निकाल्ने खेल भ्रष्टाचारको एउटा मुख्य अंश हो । प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवारले मौन अवधिको समयमा मतदाता प्रभावित गर्ने अवस्था अन्त्य गर्नुपर्छ । हाम्रो जस्तो विविधतायुक्त समाजमा समान सहभागिता र न्यायपूर्ण प्रतिनिधित्व पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत मात्र सम्भव हुन्छ । व्यक्ति-व्यक्ति उम्मेदवार नहुने यो प्रणाली भ्रष्टाचार अन्त्य हुने संवैधानिक औषधि पनि हो ।’