|  

स्पेनिस ला लिगा फुटबल: सेभिया शीर्ष तीनमा 

११ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको शीर्ष तीनमा सेभिया उक्लेको छ । सोमबार राति भएको खेलमा ओसासुनालाई २–० ले पराजित गर्दै सेभिया शीर्ष तीनमा पुगेको हो ।

ओसासुनाको घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन डियागो कार्लोस र लुका डी योङले एक÷एक गोल गरे । खेलको १९औँ मिनेटमा कार्लोसले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको सेभियाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । ४९औँ मिनेटमा सेभियाका लागि डी योङले गोल थपे ।

जितसँगै सेभियाले तालिकाको तेस्रो स्थानमा आफूलाई बलियो बनाएको छ । लिगमा २३ खेल खेलेको सेभियाको ४८ अंक जोडेको छ । पराजित ओसासुना २५ अंकसहित तालिकाको १३औँ स्थानमा छ ।