|  

यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन : अध्यक्ष ओली 

१७ असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्नेजस्तो नलागेको बताएका छन्। 

संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले उनलाई सोधेका थिए, 'प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले हो ?' भने प्रश्नमा ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्नेजस्तो नलागेको बताएका हुन् । 

प्रधानमन्त्री बन्ने चर्चा छ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै ओलीले भने, ‘यसवर्ष त त्यस्तो लाग्दैन मलाई। यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन।’

गएको शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच लामो भेट भएपछि गठबन्धन परिवर्तनको चर्चा भइरहेको छ। सो भेटपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ भने ओलीले एमालेका सबै मन्त्रीलाई आफ्नो निवासमा बोलाएका छन्।