|  

एमाले सरकारलाई मजबुद बनाएर लैजाने पक्षमा छः महेश बर्तौला

१७ असार, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकार परिवर्तनको खेलमा नरहेको दाबी गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकारलाई नै थप मजबुत बनाएर लैजाने पक्षमा एमाले रहेको उनको भनाइ छ ।