|  

नेकपा ओली पक्षको युवा संघको बैठक बस्दै

११ फागुन, काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको युवा संघको बैठक बस्दैछ ।

बैठकमा आगमी रणनीतिका विषयमा छलफल हुने बताइएको छ । युवासंघका नववियुक्त पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम पनि रहेको बताइएको छ ।

यसअघि माघ २४ गते सम्पन्न दुई दिने बैठकमा ओली पक्षले एकलौटी रुपमा संघका पदाधिकारी नियुक्त गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षले असन्तुष्ट जनाएको थियो।

यसअघि, नेकपा ओली समूहले राष्ट्रिय युवा संगठन नेपालको अध्यक्षबाट रामप्रसाद सापकोटा ‘दीपशीखा’लाई हटाएको थियो । संगठनको अनुशासनविपरीत काम गरेको र फुटपरस्त गतिविधि गरेको भन्दै संयोजकबाट हटाइएको जनाएको थियो ।