१८ असार, काठमाडौं । रियलमीले आफ्ना दुई नयाँ स्मार्टफोन रियलमी नार्जो ७० प्रो र रियलमी १२ एक्स नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।
रियलमी १२ मा १२० हर्जको अल्ट्रा स्मुथ एमोलेड डिस्प्ले र रियलमी नार्जो ७० प्रो २००० निट्सको पिक ब्राइटनेस छ । यी दुवै फोनमा पाँच हजार एमएएचको ब्याट्री छ ।
नार्जो ७० प्रोमा फ्ल्यागसिप सोनी आईएमएक्स ८९० ओआईएस क्यामेरा र मास्टर सट फोटोग्राफीको अनुभव गर्न सकिन्छ ।