|  

सत्ता समीकरण फेरबदलबारे छलफलका लागि राप्रपाको पदाधिकारी बैठक बस्दै

१८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ ।

सत्ता समीकरण बदलिने भएपछि त्यसबारे छलफल गर्न राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । परिवर्तित राजनीतिबारे धारणा बनाउन पदाधिकारी बैठक बोलाइएको उनको भनाइ छ । सोमबार मध्यरातमा कांग्रेस(एमालेबीच गठबन्धनको सहमति भएपछि अरु दलहरूले पनि छलफलमा जुटेका छन् ।