|  

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

१८ असार, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलिका लागि डाकेको छ ।

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमालेसँग भएको गठबन्धनका लागि भएको समझदारीलाई अनुमोदन गर्न बैठक बोलाइएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ ।

यसअघि आज बिहान कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकमा सभापति शेरबहादुर देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराएका थिए ।