|  

भेटौं भन्दै देउवालाई प्रचण्डको फोन, देउवाले गरे अस्वीकार 

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोनवार्ता भएको छ ।

एमालेले धोका दिएर सत्ता सहकार्य टुटाउन लागेपछि प्रचण्डले मंगलबार बिहान देउवालाई फोन गरेका हुन् । उनले देउवालाई भेटौं भन्ने प्रस्ताव गरेका थिए । तर, जवाफमा देउवाले भेट्ने कुरा असम्भव रहेको बताएका छन् ।

उक्त फोनमा देउवाले एमालेसँग नयाँ सरकार बनाउनेबारेमा सहमति भएको पनि जानकारी गराएका थिए। ‘मैले ढाँट्न जान्दिनँ। एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरा भएको छ, । अब तपाईंसँग छलफल गर्ने विषय छैन’ प्रचण्डलाई देउवाले भनेका थिए ।