|  

सलमानलाई मार्न २५ लाखमा सम्झौता भएको खुलासा

१८ असार, काठमाडौं । लरेन्स समूहले भारतीय अभिनेता सलमान खानलाई मार्न २५ लाख सम्झौता गरेको खुलासा गरेको छ ।

सलमान खानको घरमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको नवी मुम्बई प्रहरीले यस्तो नयाँ खुलासा गरेको हो । यस घटनामा पक्राउ परेका लरेन्स गिरोहका ५ जना अभियुक्तविरूद्ध प्रहरीले अहिले मुद्दा दायर गरेको छ । यी अभियुक्तहरू सलमानमाथि आक्रमण गर्न पाकिस्तानबाट एके-४७ राइफल, एके-९२ राइफल र एम-१६ राइफल किन्ने तयारीमा थिए । यस बाहेक उनीहरूले जिगाना पेस्तोल पनि लिन खोजेका थिए ।

साथै, सलमानलाई नाबालिगको हातबाट आक्रमण गराउने तयारीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ । त्यसका लागि नाबालिगसहित ६० देखि ७० सम्मको समूह आउने तयारी थियो । आक्रमणपछि उनीहरूको योजना कन्याकुमारीबाट डुङ्गा चढेर श्रीलंका जाने योजना रहेको खुलेको प्रहरीले जनाएको छ ।