|  

राजीनामा नदिने कुरा सुनाउन राष्ट्रपति निवास पुगे प्रचण्ड 

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास हिँडेका छन् ।

उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा नदिने जानकारी गराउने बताइएको छ । सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण उनले ३० दिनभित्रमा विश्वासको मत लिन लागेका हुन् ।

यो सँगै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसङ उनले वर्तमान राजनीतिक परिवर्तनको बारेमा छलफल गर्ने बताइएको छ।