|  

फिल्म ‘हस्व दिर्घ’ मा अभिनय गर्न भारतीय कलाकारहरू काठमाडौंमा 

१८ असार, काठमाडौं । नायिका नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘हस्व दिर्घ’ मा अभिनय गर्न भारतीय कलाकारहरू काठमाडौं आइपुगेका छन् ।

चौथो चरणको छायांकनका लागि भारतीय कलाकारहरू प्रदीप रावत र सुनील वर्मा काठमाडौं आएका हुन् ।  सुनील दक्षिण भारतीय फिल्म ‘पुष्पा’का मुख्य मध्येका एक खलपात्र हुन् । त्यस्तै, प्रदीप बलिउड फिल्म ‘गजनी’का खलपात्र हुन् । प्रदीपले फिल्ममा आफू नीताको बुवाको भूमिका निर्वाह गर्ने छन् ।नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसै फिल्मबाट चन्द्र पन्तले निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

 फिल्ममा नीता, प्रदीप, सुनीलसहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्मको कथा अभिनेता हरिहर अधिकारीको हो । पटकथा तथा संवाद भने हरिहर, प्रतीक पौडेल र निर्देशक पन्त मिलेर लेखेका हुन् ।