|  

कांग्रेस-एमाले सत्ता गठबन्धनलाई नेकपा एसले दियो चरम अवसरवादको संज्ञा

१८ असार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहयात्राको सहमतिलाई चरम अवसरवादको संज्ञा दिएको छ ।

नेकपा एसका प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका छन् । सोमबार मध्यराति संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको नयाँ सत्ता समीकरण गर्ने सम्झौता भएपछि विभाग प्रमुख खतिवडाले उक्त धारणा व्यक्त गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) दशौँ राष्ट्रिय महाधिवेशनस्थल कमलादीमा नेता खतिवडाले भने, ‘संसद्का ठुला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो । बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम मात्र हो ।’