|  

फरक राजनीतिक घटनाक्रम विकसित भएपछि स्वदेश फर्किँदै खेलकुदमन्त्री  श्रेष्ठ

१८ असार, काठमाडौं ।  युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ वैदेशिक भ्रमण छोट्याउँदै बुधबार नेपाल फर्कने भएका छन् ।

फरक राजनीतिक घटनाक्रम विकसित भएपछि उनी नेपाल फर्किन लागेका हुन् । विराज शुक्रबार कोरियाका संस्कृति, पर्यटन तथा खेलकुदमन्त्रीको निमन्त्रणामा एक हप्ताका लागि दक्षिण कोरिया भ्रमणमा गएका थिए ।