|  

विद्यालयमा राजनीतिकरणको असर यो वर्षको एसईई नतिजामा देखियोः शिक्षामन्त्री श्रेष्ठ

१८ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले २०८० को एसईई नतिजाको जिम्मेवारी सबैले लिनुपर्नेमा जोड दिएकी छन ।

५२ प्रतिशत विद्यार्थी ननग्रेडिङ (एनजी) हुनुमा शिक्षा क्षेत्रका कुनै पनि संयन्त्र उम्कने ठाउँ नभएको भन्दै उनले  यस्तो बताएकी हुन् । विगत लामो समयदेखि शिक्षा क्षेत्रको बेथिति र विद्यालयमा राजनीतिकरणको असर यो वर्षको एसईई नतिजामा देखिएको उनको भनाइ छ । विद्यालयको गुणस्तर सुधार गर्न तीनै तहका सरकार र विद्यालय व्यवस्थापन मिलेर काम गर्न जरुरी रहेको उनको भनाइ छ ।