|  

एउटै कार्यक्रममा प्रचण्ड र देउवा

१८ असार, काठमाडौं । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा एउटा कार्यक्रममा सँगै देखिएका छन् । 

कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा मंगलबार आयोजना गरेको फोटो प्रदर्शनीमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेट भएको हो ।

कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले स्वागत गरेका थिए । त्यसपछि दुई नेताले प्रदर्शनीको अवलोकन गरेका थिए ।