|  

उपसभामुख राना चीन भ्रमणमा 

१८ असार, काठमाडौं । उपसभामुख इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि आज चीन गएकी छन् ।

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाईना सिज्याङ ट्रान्स-हिमालयन फोरम फर इन्टरनेशनल कर्पोरेसशनमा भाग लिन आज अपरान्ह छेन्दु तर्फ प्रस्थान गरेकी हुन् । उनले उक्त फोरममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।भ्रमण दलमा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ र उपसभामुख रानाका स्वकीय सचिव कुमार नेपाली सहभागी छन् ।

हिमालयन फोरम फर इन्टरनेशनल कर्पोरेसशन हिमाली क्षेत्रका यातायात, कृषि तथा औधोगिक क्षेत्रका साझा मुद्दाका बारेमा चासो राख्ने फोरमको रुपमा रहेको छ । भ्रमण सकेर उपसभामुख राना असार २४ गते स्वदेश फर्कने छिन् ।