|  

आफूले फाइल खोलेपछि एक रात पनि टिक्न नसक्ने भए : गृहमन्त्री लामिछाने

१८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफूले फाइल खोलेपछि एक रात पनि टिक्न नसक्ने अवस्था आएको  बताएका  छन्।

पार्टी सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुमाझ उनले कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो ?  नेपाली जनतालाई यसलाई राम्रोसँग बुझेर मूल्याङ्कन गर्ने बताए .

‘आज के संकट आइलाग्यो? सुशासनका लागि केही मानिसहरु पक्राउ परे। यो देशलाई आउन लागेको संकट थियो कि केही भ्रष्ट मानिसहरुलाई आउन लागेको संकट थियो? कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो होला। यति पनि बुझ्न सकिँदैन र!’

आफूले फाइल खोलेपछि एक रात पनि टिक्न नसक्ने अवस्था आएको भन्दै उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता किन आयो भन्दै प्रश्न गरे।

उनले थपे, ‘। यसलाई के भन्नु र मैले। बेचैनीको अर्को के अर्थ होला? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो। संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको?’ .