|  

केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ जनाको ज्यान जाँदा ३ सय ६१ जना घाइते

१८ असार, काठमाडौं । कर वृद्धि सम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा भएको सरकार विरोधी प्रदर्शनमा कम्तिमा ३९ जनाको ज्यान गएको छ ।

केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर) ले सोमबार मृतकको सङ्ख्या घोषणा गरेको हो ।देशव्यापी विरोध प्रदर्शनको क्रममा ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको बताइएको छ । यो तथ्याङ्कले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटेको छ । अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण कर–विरोधी र्याली गत हप्ता संसदले विवादास्पद कानून पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो । 
प्रदर्शनकारीहरुले सामाजिक सञ्जालमार्फत राष्ट्रपति राष्ट्रपति विलियम रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।