|  

एमालेको सचिवालय बैठक जारी

१८ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक बसिरहेको हो । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारी अघि बढाएको छ । गय मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । तर समझदारी पत्र सार्वजनिक भएको छैन ।