|  

नयाँ सरकार बन्ने भएसँगै सेयर बजारमा उछाल 

१८ असार, काठमाडौं ।  नयाँ सरकार बन्ने भएसँगै आज सेयर बजारमा उछाल आएको छ । शेयर बजार खुलेको एक मिनेटमै सकारात्मक सर्किट हानेर २० मिनेट बन्द भएको बजारमा खुल्ने बित्तिकै पुन दोस्रो पटक पनि सर्किट हानेको थियो ।

त्यसपश्चात् घट्दै गएको शेयर बजार अन्तिम समयसम्म ४७ दशमलव ०४ अंकमा सीमित भएको छ । अन्तिम समयमा नेप्से परिसूचक २ दशमलव २९ प्रतिशतले बढेर २१०० को विन्दुमा पुगेको हो ।

आज २२७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटाको घटेको छ । आज सबैभन्दा धेरै एनआरएनको १२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको ११ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, यूनाइटेड इर्दी मर्दीको पनि १० करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ३१५ कम्पनीका ६० हजार ७ सय २० कारोबारबाट ११ करोड ६४ लाख ५ हजार ९ सय ५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आजको कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० पुगेको छ ।