|  

इजरायल हमासको उन्मूलन पूरा गर्ने दिशामा अघि बढिरहेको छः प्रधानमन्त्री नेतान्याहु

१८ असार, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको बताएका छन् ।

हमासको उन्मूलन पूरा गर्ने दिशामा अघि बढिरहेको नेतान्याहूले बताएका हुन् । गाजा डिभिजनको भ्रमण गरी रक्षामन्त्री योव ग्यालेन्ट र सेनाका वरिष्ठ कमान्डसँग गाजामा इजरायलको नौ महिना लामो आक्रमण माथि सुरक्षा मूल्यांकन बैठक गरेको एक दिन पछि नेतन्याहुको यस्तो अनुमान आएको हो । राफाह लडाइमा जोड दिदै हमासमाथि सैन्य दबाबको निरन्तरता कायम राख्ने नेतन्याहुको कार्यालयले जनाएको छ ।