|  

सरकामा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै एमाले 

१८ असार, काठमाडौं । नेकपा एमालेले सरकामा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ ।

पार्टी मुख्यालय, च्यासलमा बसेको सचिवालय बैठकले आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गर्ने प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए । उनका अनुसार बैठकले आज निर्णय गर्ने र भोलिसम्म मन्त्रीहरूले राजीनामा दिने जानकारी दिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा हाल एमालेका ९ मन्त्री छन् ।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने सहमति गरेको एमालेले अब आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ ।