|  

अर्थमन्त्रीलाई काँग्रेस सांसदकाे सुझाव: पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाऔँ

१८ असार, काठमाडौं । नेपाली कांग्रेस सांसद कमला पन्तले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन्।

आज राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् । उनले अर्थमन्त्रीले हिम्मत देखाएर भए पनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिइन । उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न माग गर्दै कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन्।