|  

पहिरोले मुग्लिन सडक अवरुद्ध

१८ असार, काठमाडौं । मुग्लिन-नारायणगढ​ सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ जलवीरे ​भन्ने स्थानमा आज दिउँसो ३ बजेपछि पहिरो खसेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । पहिरोसँगै खसेको ठूलो ढुङ्गा पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।​ प्रहरीका अनुसार सडक दुईतर्फी सञ्चालन गर्न करिब १ घण्टा लाग्ने अनुमान छ । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ ।