|  

प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश 

१८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आज थुनछेक बहसपछि थापालाई थुनामा राख्न आदेश दिएको हो । थापा पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन् । उनलाई केहीदिन अघि मात्र सीआईबीले पक्राउ गरेको थियो । उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ ।