|  

राष्ट्रपतिले प्रमाणीकरण गरे सुरक्षण मुद्रणसम्बन्धी विधेयक

१८ असार, काठमाडौं । सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण भएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ११३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संघीय संसदको दुवै सदन (प्रतिनिसभा र राष्ट्रियसभा) बाट पारित गरेर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको थियो ।