|  

प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त

१८ असार, काठमाडौं । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका हुन् ।

सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए ।

प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयप्रतिनिधि सभाको महासचिव भएपछि सचिव पद रिक्त थियो ।