|  

६० किलो सुन तस्करी: ६० जनाविरुद्ध अर्को मुद्दा दायर

१८ असार, काठमाडौं । ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा राखेर गरिएको ६० किलो सुन तस्करीमा जिल्ला सरकारी वकिल कार्यालयले ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीहरूलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।  विभिन्न डमी कम्पनीका नाममा पैठारी भई आएका माल वस्तुहरूको परीक्षण गर्दा ती माल वस्तुहरूको पार्ट पुर्जामा भएको सुनको तौल ३१९४.६६८ के.जी. भएको देखिन आएको अभियोग पत्रमा उल्लेख छ। यसरी बरामद भएको अवैध सुनको मूल्य  ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० समेतलाई बिगो  दाबी अभियोग पत्रमा गरिएको छ। 

चिनिया नागरिक प्रतिवादी वाङ दोजेङ्गको समूहमा रही सङ्गठित भई आपराधिक समूह बनाई समूह बिचमा गोप्य तथा तहगत रूपमा सूचना प्रवाह गरी पिरामिड शैलीमा सुन तस्करी गरेको अभियोग पत्रमा उल्लेख छ ।